गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको दोहोर्याएका छन्। शुक्रबार (आज) को बैठकमा भाग लिँदै गृहमन्मत्री लेखकले यस्तो जिकिर गरेका हुन्।
संसद्को पोडियममा उभिएर चिच्याउँदै गृहमन्त्री लेखकले भने, 'उक्त कार्यमा मेरो कुनै संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा म सम्मानित सदनमा आग्रह गर्न चाहन्छु। मेरा विरुद्धमा नियोजित र राजनीतिक ढङ्गले आक्रमण गर्ने प्रयास भएको छ। म खेद व्यक्त गर्न चाहन्छु।'
उनले आफूविरुद्ध राजनीतिक आक्रमण भइरहेको बताए। 'मेरो नियतमा प्रश्न उठाइएको छ, त्यो प्रतिशोधको राजनीतिबाहेक केही होइन,' उनले भने।
यस्तै उनले आफूविरुद्ध बिना प्रमाण कारबाहीको माग गरिएको बताए। 'प्रमाण छ भने कारबाही होस् भन्ने प्रश्न उठ्दैछ। प्रमाण बिना चरित्र गरिएको छ,' उनले भने।
प्रकाशित: ३० जेष्ठ २०८२ १७:२८ शुक्रबार





