१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

जसपा नेपालको अध्यक्षमा पुनः शैलेन्द्र

जनता समाजवादी पार्टी नेपाल कपिलवस्तुको अध्यक्षमा शैलेन्द्रकुमार यादव निर्वाचित भएका छन्।

बुधबार कपिलवस्तु नगरपालिकाको सभाहलमा भएको निर्वाचनमा राम नेवास यादवलाई ८३ मतले पराजित गर्दै शैलेन्द्र विजयी भएको निर्वाचन मण्डलका संयोजक अफाक अहमद खाले जानकारी दिए। शैलेन्द्रले २ सय ३८ र राम नेवासले १ सय ५५ मत पाएका छन्।

कुल ५ सय ४७ मत मध्ये ३ सय ९३ मत खसेको थियो। एक मत बदर भएको छ। बिहीबार दिउँसोसम्म दुवैलाई सहमति गराउने अन्तिम प्रयास असफल भएपछि निर्वाचनबाट अध्यक्षको टुंगो लगाइएको हो। झन्डै एक दशकदेखि शैलेन्द्र जसपा नेपालको जिल्ला अध्यक्ष रहँदै आएका छन्।

अध्यक्षमा निर्वाचित शैलेन्द्रले पार्टीलाई मजबुत बनाउन आफूले सक्दो कोसिस गर्ने बताए। अध्यक्ष बाहेका अन्य पदहरू भने निर्विरोध चयन भएको थियो। निर्विरोध निर्वाचित तर्फ उपाध्यक्ष पदमा अहमद अली खान र ब्रह्मानन्द तिवारी, सचिवमा शिवलाल यादव रहेका छन्।

त्यसैगरी खुला सदस्य तर्फ निर्विरोध निर्वाचित हुनेहरूमा बब्बु सिंह यादव, जनार्दनप्रसाद चौधरी, बलराम यादव, राजेन्द्रकुमार मिश्र, राधेश्याम यादव, आशिषकुमार पाण्डेय, रामगोपाल यादव, रामबहादुर चौधरी, रामशंकर यादव, राम सवारे यादव, अनिलकुमार यादव, प्रभुनाथ यादव, विरेन्द्रप्रसाद गडरिया, प्रहलाद मल्लाह, मनोजकुमार यादव, अब्दुल कलाम मुसलमान, प्रभु यादव, राजेन्द्रप्रसाद यादव, मुन्नालाल पाल, छेदीप्रसाद यादव र राजेन्द्र यादव रहेको जनाइएको छ।

त्यसैगरी सदस्य मुस्लिम तर्फ कासिम मुसलमान, सदस्य दलित महिला तर्फ प्रभावती कोरी, सदस्य दलित तर्फ शम्भु धोबी र रिषीराम रैदास तथा सदस्य थारु तर्फ ईन्दु थारु निर्विरोध निर्वाचित भएका छन्। यसअघि जेठ २३ गते एकताको प्रथम अधिवेशनको उदघाटन पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका थिए।

प्रकाशित: २९ जेष्ठ २०८२ १४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App