११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

'प्रतिपक्षीको आग्रहमा सदन दुई दिन सारिएको हो'

सत्तापक्षीय दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीको आग्रह सदन दुई दिन सारिएको बताएका छन्।

प्रतिपक्षीकै आग्रहमा सारिएकाले अब बस्ने बैठकमा अवरोध नहुने धारणा बर्तौलाको छ।

नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, 'अब अवरोध हटाउने जिम्मेवारी प्रतिपक्षीकै हो।'

उनले प्रतिपक्ष दलहरूले हतासमा भिजिट भिसा प्रकरणको विषय झिकेर सदन अवरुद्ध गर्दै आएको बताए। 

सदन बुधबार (पर्सि) दिउँसो १ बजेका लागि बोलाइएको छ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गर्दै आएका छन्।

प्रकाशित: २६ जेष्ठ २०८२ २०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App