२० माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

संसद् खुल्ने भयो ?

संसद् खुलाउने विषयमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) लचक बनेको छ।

भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको अड्डी कसेको माओवादी केन्द्र सरकारले प्रतिबद्धता जनाए मात्रै पनि संसद् खुलाउन सहमत हुने भएको हो।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरू संसद् खुलोस् भन्नेमा रहेको बताए। त्यसका लागि आफूहरूले सरकारसमक्ष विभिन्न प्रस्ताव गरिरहेको तर, सुशासनको सन्दर्भमा कुनै सम्झौता हुन नहुने बताए।

'हाम्रो अडानमा नै छौँ हामी तर, संसद् खुलोस् भन्ने चाहेका छौँ। तर, सुशासनको कुरामा सम्झौता हुनुहुन्न,' उनले भने।

आफूहरू अरु विपक्षी दलहरूसँग छलफलमै रहेको भन्दै प्रमुख सचेतक पाण्डेले समाधानार्थ वार्ता भइरहेको बताए। 

यसअघि माओवादी केन्द्रसहित, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादीलगायतका दलहरूले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति नबनी संसद् नचल्ने अडान लिएका थिए। सँगै उनीहरूले उक्त प्रकरणमा दोषी रहेको भनिएका गृहमन्त्री रमेश लेखकको राजीनामासमेत मागिरहेका थिए।

रास्वपाले भने समिति नबनी प्रतिबद्धताले मात्रै नहुने अडान छाडेको छैन।

प्रकाशित: २६ जेष्ठ २०८२ १४:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App