२५ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

भ्रष्टाचारको मुद्दा लाग्ला भन्ने कल्पनासमेत गरेको थिइनँ, अन्तमा न्यायको जित हुन्छ: नेपाल

<br>

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि दायर  भ्रष्टाचारको मुद्दाबारे अन्त्यमा न्यायको जित हुनेमा विश्वास व्यक्त गरेका छन्।

आफू भ्रष्टाचारको घोर विरोधी र सुशासनको पक्षपाती भएको बताउँदै उनले यस्तो चुनौतीको कल्पनासमेत नगरेको टिप्पणी गरे।

मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई शनिबार काठमाडौँमा उद्घाटन गर्दै अध्यक्ष नेपालले भने, “कल्पना पनि गरेको थिइनँ। किनभने, म भ्रष्टाचारको घोर विरोधी र मुलुकमा सुशासन स्थापना हुनुपर्छ भन्ने मान्यता बोक्ने मान्छे हुँ।”

आफूले सधैँ उदाहरणीय काम गर्नुपर्छ र जनतालाई सम्पन्न एवं सुखी बनाउनुपर्छ भन्ने धारणा राखेको स्पष्ट पार्दै उनले अब आइलागेको चुनौतीको सामना गर्न आफू तयार रहेको सुनाए।

“अब यस्तो पनि चुनौती आइलागेपछि त सामना त गर्नैपर्‍यो,” अध्यक्ष नेपालले भने, “तर मलाई विश्वास छ, अन्तमा न्यायको जित हुन्छ।”

प्रकाशित: २४ जेष्ठ २०८२ २१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App