पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले केही पनि भएको छैन भन्ने न्यारेटिव सबैभन्दा खराब हुने बताएकी छन्।
शुक्रबार (आज) काठमाडौंमा आयोजित 'आएको गणतन्त्र, चाहेको गणतन्त्र' विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएकी हुन्।
'यो नै आजसम्मको क्रान्ति हो; होइन। धेरै कुरा भएको छ। धेरै कुरा गर्नु छ, त्यही भएर त तपाईं-हाम्रो लागि स्पेस छ नि। तर, केही पनि भएको छैन भन्ने न्यारेटिव सबैभन्दा खराब छ,' उनले भनिन्।
प्रकाशित: २३ जेष्ठ २०८२ १७:३७ शुक्रबार





