संसद् बैठक फेरि अवरुद्ध भएको छ। बिहीबार (आज) अबेर गरी सुरु भएको बैठक प्रतिपक्ष दलहरूले अवरुद्ध गरेका हुन्।
बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा र एकीकृत समाजवादीले बैठक अवरुद्ध गरेका हुन्। उनीहरूले उठेर विरोध जनाएका छन्।
सभामुख देवराज घिमिरेले सांसदहरूलाई बसेर कार्यसूचीमा प्रवेश गर्नका लागि सहयोग गर्न अनुरोध गरे तर, उनीहरू बसेनन्। 'आफ्नो मात्रै कुरा राखेर सभा सञ्चालन हुन सक्दैन, दलीय रूपमा समय दिनेछु,' उलने भने, 'विधिसम्मत ढङ्गले सभा सञ्चालन गर्ने वातावरण तयार गर्नुस्।'
सभामुख घिमिरेले यसरी अनुरोध गर्दासमेत सांसदहरू बसेनन्। सांसदहरूले नाराबाजी गरेका छन्।
प्रकाशित: २२ जेष्ठ २०८२ १७:३१ बिहीबार





