१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्मल निवाससँगको पुरानो टकरावप्रति कमल थापा : ती घटनाक्रमहरू सत्य थिए, तर 'लेट्स फर्गेट द पास्ट' भन्ने अनुभूति भएको छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पछिल्लो महाधिवेशनमा कमल थापा राजेन्द्र लिङ्देनसँग पराजित भए। यसको अपजस उनले निर्मल निवासतिर खन्याए। उनले यतिसम्म भने कि- मलाई निर्मल निवासकै योजनामा पराजित गराइयो।

यसपछि थापा पार्टीमा रहन सकेनन् र उनले राप्रपा नेपाल ब्युँताए। अहिले पनि उनी त्यही पार्टीका अध्यक्ष छँदैछन्।

उनै अध्यक्ष थापाले बुधबार (आज) नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै निर्मल निवाससँगको टकरावले उठेका घाउहरू निको भइसकेको बताएका छन्।

'दु:ख, चोट र घाउ समयले निको पार्दै लैजान्छ। ती घटनाक्रमहरू सत्य हुन्। त्यसले पारेको चोट र घाउ निको भइसके। राजासँग संवाद भए, विगतलाई बिर्सिदिउँ भन्ने अनुभूति भएको छ। लेट्स फर्गेट द पास्ट भन्ने अनुभूति भएको छ,' उनले भने।

उनले थपे, 'जनताको सर्वोच्चता वा प्रजातन्त्र भन्नुस् वा राजसंस्था; यी नेपालको बृहत्तर आधारस्तम्भ हुन्। यो दुईवटा कुरा मैले छाडेको छैन। यही नै मेरो राजनीतिक विरासत हो। म बिदा लिएर जाँदा पनि जनताले यसकै लागि सम्झिऊन्।'

प्रकाशित: २१ जेष्ठ २०८२ २०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App