१२ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

वाइसिएल सम्मेलन: आकाङ्क्षी धेरै हुँदा जुटेन सहमति, को-को छन् नेतृत्वको ‘रेस’मा ?

नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ कम्युनिष्ट लीग (वाइसिएल)मा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ तर, आकाङ्क्षी बढी हुँदा सहमति जुट्न सकेको छैन। 

गत आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेको महाधिवेशन साङ्गठनिक र राजनीतिक प्रतिवेदन पारित गरेर नेतृत्व चयनको प्रक्रियामा प्रवेश गरिसकेको छ। तर, नेतृत्व कसलाई चयन गर्ने भन्नेबारे सहमति जुटेको छैन।

पार्टी अध्यक्ष दाहालले पनि नेतृत्व सर्वसम्मत रूपमै छान्नका लागि भनेका छन्। दाहालले मङ्गलबार फ्रयाक्सन इन्चार्ज रामप्रसाद सापकोटा र निवर्तमान अध्यक्ष सुबोध शेर्पालीलगायतका नेतालाई खुमलटार बोलाएर सर्वसम्मत रूपमै छान्न निर्देशन दिएका थिए।

यसपछि सङ्गठनका समन्वय संयोजक शक्ति बस्नेत र इन्चार्ज सापकोटा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नका लागि खटिएका छन् तर, आकाङ्क्षीहरूले चुनावकै माग गरिरहेका छन्। इन्चार्ज सापकोटाले निरन्तर प्रयास गरिरहेको तर, सहमति नजुटेको बताए।

अन्तिम सहमति नजुटे चुनावमै जाने नेताहरूले पनि बताएका छन्। पार्टी अध्यक्ष दाहालले पनि अन्तिम विकल्पका रूपमा चुनाव नै प्रयोग गर्न भनेका छन्।

वाइसिएलमा १२ भन्दा बढी आकाङ्क्षी छन्। त्यसमा पनि पुष्प ओली, केहरसिंह  कुँवर, डम्बर पुलामी, गणेश शाहीलगायत मुख्य दाबेदार हुन्। यसबाहेक माधव बस्नेत, ठाकुर सौराग, नवराज एैर, शिव बोगटी, प्रेम श्रेष्ठलगायत पनि नेतृत्वकै आकाङ्क्षी छन्।

प्रकाशित: २१ जेष्ठ २०८२ १५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App