१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

रास्वपा सचिवालय बैठक सकियो, संसदीय दलको बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सकिएको छ। सचिवालय बैठक सकिएलगत्तै संसदीय दलको बैठक सुरु भएको छ।

कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार बैठकमा भिजिट भिसा प्रकरण, संसद्‌मा दलीय प्रस्तुति, बजेटलगायतका विषयमा छलफल भइरहेको छ।

गृहमन्त्री जोडिएको भनिएको भिजिट भिसा प्रकरण अहिले 'हटकेक' बनेको छ। रास्वपा, माओवादीलगायतका दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन्।

प्रकाशित: १९ जेष्ठ २०८२ १७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App