१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

अब मधेस अगाडि बढ्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश अब पछाडि नभइ अगाडि बढ्ने बताएका छन् । आइतबार जनकपुरधामको निधिभवनमा सडक योजनाको शिलान्यास गर्दै प्रधानमन्त्रीले अक्षरको सुरुवात समेत नहुँदा ज्ञानको मन्थन हुने मधेस पछाडि हुने प्राकृतिक कारण नभएको चर्चा गर्दै कृत्रिम कारणले वर्षौसम्म पछाडि पारिएको दाबी गरे । 

मधेसमा अब विकासले गति लिने दाबी गर्दै उनले मधेसमा देखिएका सम्पूर्ण समस्याको समाधान खोजिने उल्लेख गरे । ‘भ्रष्टाचार भन्दापनि ठूलो ढिलासुस्ती हो अब ढिलासुस्ती सह्य हुनेछैन,’ उनले भने,‘अब योजनाहरु पूरा गर्न भैरहेको ढिलासुस्ती नियन्त्रण गरिनेछ ।’ 

मधेसमा भूमिगत पानी सुक्दै जाँदै गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नारामात्र लगाएर चुरे संरक्षण नहुने बताए । बृक्षारोपन भन्दापनि बृक्ष जोगाउनेमा सरकार बढी केन्द्रित हुने बताउँदै उनले मधेसको जीवनरेखा मानिएको चुरे संरक्षणमा सरकार गम्भीर भएर लाग्ने आश्वासन दिए । 

उनले भने, ‘चुरे संरक्षणको नाममा धेरै समय र पैसा खर्च भयो तर उपलब्धी देखिएन, अब उपलब्धीमुलक ढंगले काम अघि बढ्छ ।’ 

प्रकाशित: १८ जेष्ठ २०८२ १५:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App