१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

आलम रिहाइको माओवादीद्वारा विरोध, न्यायालयको इतिहासमा कलङ्कका रूपमा दर्ज भएको भनाइ

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले नेपाली कांग्रेसका नेता अफताब आलम रिहाइको विरोध गरेको छ। आलम रिहाइ न्यायालयको इतिहासमा कलङ्कका रूपमा दर्ज भएको भनाइ माओवादीको छ।

'हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले इँटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताब आलमलगायतका व्यक्तिहरूलाई सफाइ दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलङ्कका रूपमा दर्ज भएको छ,' माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भनेका छन्।

उनले न्यायाधीशहरूका प्रति पनि असन्तुष्टि जनाएका छन्। उनले भनेका छन्, 'कलङ्कको कालो टीका लगाएर कालो दिनमा परिणत गर्ने 'बहादुर' न्यायाधीशहरूलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा 'निर्दोष' बन्दै हिँड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो कहालीलाग्दो स्थिति उत्पन्न गर्नेछ ? यसको जिम्मेवारी कसले लिने ? तसर्थ, सबै क्षेत्रमा व्यापक कारबाही , रूपान्तरण र सुधारको निम्ति ठूलो जन अभियान सञ्चालन गर्नु जरुरी छ।'

आलमले आममाफी पाएका हुन्।

प्रकाशित: १५ जेष्ठ २०८२ १५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App