१७ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

गणतन्त्र/लोकतन्त्रबारे विद्यालय शिक्षामै पढाइनुपर्छ : महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताएका छन्। पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन भन्ने भ्रम चिर्नलाई पनि गणतन्त्र प्राप्तिपछि सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिकलगायतका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउन  र नयाँ पुस्तालाई सुसूचित गराउन पनि विद्यालय शिक्षामा गणतन्त्र पढाउनुपर्ने उनले बताए।

गणतन्त्रपछि जन्मिएका बच्चाहरूले बलिदानीपूर्ण सङ्घर्षबाट लोकतन्त्र/गणतन्त्र स्थापना भएको हो भन्ने जानकारी दिनका लागि पनि विद्यालय शिक्षामै लोकतन्त्र र गणतन्त्रबारे पढाउनु पर्ने पनि उनले बताए।  

उनले त्यहाँ सम्बोधन गर्दै संविधान संशोधन गरेर भए पनि नागरिकस्तरमै उत्सवका रूपमा लोकतन्त्र/गणतन्त्र दिवस मनाउनु पर्नेमा पनि जोड दिए। 

महासचिव पोखरेलले लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा हुने सबै गतिविधिहरु जनताको सम्प्रभुताका विरुद्धका अर्थात् जनताका विरुद्धका गतिविधिहरु हुन् भन्ने कुरामा आम जनतालाई सचेत र जागरुक बनाउने अभियानमाका रुपमा पनि जेठ १५ लाई उत्सवका रुपमा मनाउन लागेको उल्लेख गरे।  

प्रकाशित: १३ जेष्ठ २०८२ २१:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App