१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको अभिव्यक्ति पदीय गरिमा र जिम्मेवारीविपरीत : थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोध गरेका छन्। 

राप्रपा नेपालसहितका दल सम्बद्ध राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलन सुरु गर्दैछ।

'जेठ १५ गते काठमाडौं नियन्त्रणमा लिन कार्यकर्तालाई आह्वान गर्ने प्रम केपी ओलीको अभिव्यक्ति पदीय गरिमा र जिम्मेवारीविपरीत छ। संविधान र लोकतान्त्रिक मूल्य मान्यताविपरीत छ। राजनीतिक दलहरू, मानव अधिकार आयोग र अन्तर्राष्ट्रिय समुदायले पक्कै पनि प्रमको यो अभिव्यक्ति नोटिसमा लिनेछन्,' थापाले भने।

यसअघि आजै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते हुने राजावादीप्रति निर्मम हुन पार्टीका नेता कार्यकर्तालाई निर्दशन दिएका थिए। उनले आन्दोलनलाई निस्तेज पार्नकै लागि निर्देशन जारी गरेका छन्।

प्रकाशित: ११ जेष्ठ २०८२ २०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App