५ असार २०८२ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्रीलाई शेखरको सुझाव : राजीनामा दिएर नैतिकता देखाउनुस्

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिएर नैतिकता देखाउन सुझाव दिएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि राजीनामा दिन सुझाव दिएका हुन्। 

उनले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सघाउनु नै उपयुक्त भनाइ राखे। उनले भने, ‘रमेशजीले नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरे। छानबिन समिति बनाउनुस् गर्नुहोस्, भने भइहाल्यो नि। त्यसले मोरल स्ट्याटस देखिन्छ।’ 

भिजिट भिसा प्रकरणमा गृहमन्त्रालयमातहतका कर्मचारी, गृहमन्त्री लेखककाे सचिवालयमै कार्यरत कर्मचारीकाे संलग्नताकाे आरोप लागिरहेकाे छ। जसमा  गृहमन्त्री लेखकमाथि समेत प्रश्न उठिरहेका बेला  कोइरालाले यस्तो सुझाव दिएका हुन्।

प्रकाशित: १० जेष्ठ २०८२ १३:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App