प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकार ढल्ने अवस्थामा पुगेको दाबी गरेका छन्।
मङ्गलबार (आज) पोखराका पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। सरकार ढलेको खण्डमा पहिलो पार्टीले नेतृत्व गर्न पाउनुपर्ने उनले बताए।
'सरकार ढल्यो भने पहिलो पार्टीले नेतृत्व दाबी गर्नुपर्छ। कांग्रेसलाई एमाले र माओवादी बिना पनि बहुमत पुग्छ। यदि बहुमत पुगेन भने हामी विकल्प सोच्छौँ,' उनले भने।
पुनले सरकार माओवादीका कारण नभई गभर्नर नियुक्ति प्रकरण र बिचौलियाको प्रभावका कारण ढल्ने अवस्थामा पुगेको जिकिर गरेका छन्। उनले थपे, 'गभर्नमा चर्चामा रहेका व्यक्ति बिचौलियाले रुचाएका होइनन्।'
प्रकाशित: ६ जेष्ठ २०८२ १५:१९ मंगलबार





