१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कमजोरी सच्याउँदै जनता केन्द्रित विकासमा लाग्छाैं: देउवा

क्याप्शन

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारका कमजोरीहरू सुधार्दै जनता केन्द्रित विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरहेको पनि जिकिर गरे।

प्रजातन्त्रिक विचार समाजको ३० औं वार्षिकोत्सव तथा २७ औं साधारणसभा र ‘व्यवस्थाले अवस्थामा ल्याएको परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सभापति देउवाले अहिलेको व्यवस्थामा देखिएका कमीकमजोरीलाई सुधार गरेर सहकार्य र समन्वयका आधारमा अघि बढ्ने बताएका हुन्।

‘मुलुकमा समावेशी समानुपातिक निर्वाचन प्रणाली भएकाले कुनै दलको पनि बहुमत नआएको हो,’ उनले भने, ‘त्यसैले संयुक्त सरकारको अभ्यासका क्रममा संसद्को पहिलो र दोस्रो ठूला दलको संयुक्त सरकार गठन भएको छ।’

उनले वर्तमान सरकारबाट भएका कमीकमजोरीलाई सुधार गर्दै जनता केन्द्रित विकासमा लागिपरेको उल्लेख गरे। ‘नेपालमा प्रजातन्त्रको पुनःस्थापना भई २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार बनेपछि सडक, सिँचाइ, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा काम अघि बढेका हुन्,’ उनले थपे, ‘लोकतन्त्रिक शासन व्यवस्थामा विकास निर्माणले गति लिन थालेका छन्।’

सभापति देउवाले विश्व तापमानले खानेपानी, हिमाललगायत क्षेत्रमा पारेको प्रभाव न्यूनीकरणका लागि सरकारले सगरमाथा संवाद आयोजना गरेको पनि जानकारी दिए।

प्रकाशित: ३ जेष्ठ २०८२ १९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App