२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

राजावादीलाई प्रधानमन्त्रीको चेतावनी: चर्को मूल्य चुकाउनुपर्ला !

प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी आवाजतर्फ संकेत गर्दै मुलुकमा प्रतिगमन र प्रतिगमनकारीलाई कुनै स्पेस नभएको भन्दै चेतावनी दिएका छन्। मदन–आश्रित स्मृति दिवसका अवसरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

‘हामी परिपूर्ण लोकतन्त्रका रूपमा अगाडि बढाउने, राष्ट्रिय एकता र एकताका मार्फत राष्ट्रिय एकता,’ प्रधानमन्त्री ओलीले भने, ‘सामाजिक न्याय सुनिश्चितता मार्फत राष्ट्रिय एकता र एकताबद्ध प्रयासबाट राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन सम्पूर्ण रूपमा । र, अग्रगमनको सुनिश्चितता सम्पूर्ण रूपमा।’ 

तर प्रतिगमनलाई कुनै ठाउँ नभएको उनले बताए। ‘अर्थात् यहाँ कुनै पनि खालको प्रतिगमनका लागि स्पेस छैन। प्रतिगमनकारीहरूले असफल हुने र चर्को मूल्य चुकाउने बाहेक केही हुने छैन,’ प्रधानमन्त्री ओलीले भने। यत्ति कुरा जनताको बहुदलीय जनवादले आफूलाई सिकाएको उनले टिप्पणी गरे। 

प्रकाशित: ३ जेष्ठ २०८२ १२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App