सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक आज दिउँसो २:०० बजे संघीय संसद् भवन, नयाँबानेश्वरमा बस्ने छ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफल र समसामयिक विषयमा विचारविमर्श हुने घिमिरेले जानकारी दिए।
प्रकाशित: ३ जेष्ठ २०८२ ०९:१० शनिबार





