राप्रपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक आगामी जेठ १३ गते काठमाडौंमा बोलाइएको छ।
बैठकमा जिल्ला अध्यक्ष र जनवर्गीय संगठनका प्रमुखहरूको समेत सहभागिता रहने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। आगामी जेठ १५ गतेदेखि संयुक्त जनआन्दोलन समितिको आयोजनामा काठमाडौंमा हुन लागेको अनिश्चितकालीन जनआन्दोलनलाई दृष्टिगत गरी रणनीति निर्माणका लागि बैठक बोलाइएको पार्टी स्रोतले जनाएको छ।
नवराज सुवेदीको संयोजकत्वमा बनेको संयुक्त जनआन्दोलन समितिमा राप्रपा, राप्रपा नेपाल, नेपाली काङ्ग्रेस (बिपि), शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र बचाउ महाअभियान लगायत ४४ संघ संस्थाहरूको सहभागिता रहेको छ।
प्रकाशित: २ जेष्ठ २०८२ १२:२६ शुक्रबार





