१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

नयाँदिल्लीस्थित नेपाली दूतावासको आग्रह: समस्या परे सम्पर्क गर्नु

भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन अनुरोध गरेको छ ।

शुक्रबार दूतावासले एक सूचना जारी गर्दै भारतमा रहेका नेपालीलाई संकटकालीन अवस्थामा सुरक्षित र आपत्‌कालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न पनि अनुरोध गरेको छ ।

त्यस्तै आपत्कालीन अवस्था आएमा नयाँ दिल्लीस्थित राजदूतावास र नेपाली महावाणिज्य दूतावास कोलकत्तामा आवश्यक समन्वय र सहजीकरणको लागि सम्पर्क गर्न समेत सूचनामा आग्रह गरिएको छ ।

प्रकाशित: २६ वैशाख २०८२ १८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App