१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखहरूसँग लिखित कार्ययोजना

उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पटक-पटक समीक्षा हुने तर सो अनुसार काम नभएको भन्दै मन्त्रालय मातहतका विभाग प्रमुखहरूसँग लिखित कार्ययोजना माग गरेका छन्।

शुक्रबार शहरी विकास मन्त्रालय अन्तर्गतका विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षमा भएका कामहरूको समीक्षा बैठकमा उनले कार्यप्रगतिलाई लिएर चित्त बुझाउने ठाउँ नदेखिएको बताए। बैठकमा विभागका प्रमुखहरूले आफ्नो विभागको कार्यप्रगतिबारे बैठकमा जानकारी गराएका थिए।  

सो क्रममा कार्यप्रगति सन्तोषजनक नदेखिएको भन्दै उपप्रधानमन्त्री सिंहले बैठकमा गफ गर्ने तर परिणाम ननिस्कने प्रवृत्ति राम्रो नभएको भन्दै उनले समीक्षा बैठकमा भएका कुराहरूलाई गम्भीरताका साथ पालना गर्दै परिणाम निकाल्ने गरी काम गर्न पनि सचेत गराए।

उपप्रधानमन्त्री सिंहले नीतिगत रूपमा र विभागलाई काम गर्ने क्रममा आउने समस्याको समाधानका लागि मन्त्रीको तहबाट समाधानका लागि पहल गर्ने बताइरहँदा पनि विभागहरूको कार्यक्षमतामा सुधार नदेखिएपछि उपप्रधानमन्त्री सिंह असन्तुष्ट देखिएका हुन्। उनले विभागहरूको कार्यशैली चित्तबुझ्दो नदेखिएको भन्दै बैठकमा भएका समीक्षा र छलफलअनुसार यो आर्थिक वर्षको बाँकी अवधिमा तीव्र रूपमा काम अघि बढाउन विभागिय प्रमुखहरूसँग तीन दिनभित्र लिखित कार्ययोजना माग गरेको बैठकमा सहभागी एक विभाग प्रमुखले बताए।

प्रकाशित: २६ वैशाख २०८२ १४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App