९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ: गभर्नर चाँडै नियुक्ति हुन्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् ।

आज बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सभापति शेरबहादुर देउवाले सहमतिमा चाँडै नै गभर्नर नियुक्त हुने बताएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

सभापति देउवाको भनाई उदृत गर्दै उनले भने, ‘गभर्नरको विषय निकै ढिला भएकोमा चासो प्रकट भएको छ । चाँडै टुंगो लाग्छ । व्यवसायिक व्यक्तिको हातमा जानुपर्यो भनेका छौं । त्यसको चाँडो निर्णय हुन्छ । सहमतिबाट निर्णय हुन्छ ।’

कांग्रेस र एमालेबीचमा सहमति हुन नसक्दा गभर्नर नियुक्त हुन सकेको छैन ।

त्यस्तै संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराउने विषयमा पनि कांग्रेस पदाधिकारी बैठकमा छलफल भएको छ।

प्रकाशित: २६ वैशाख २०८२ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App