राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदीलाई पक्राउ नगरेकोमा आपत्ति जनाएका छन्।
तीनकुने घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई मुद्दा नचलाई ४३ दिनसम्म थुनेको तर मुद्दा चलाइएको उपप्रधानमन्त्री श्रेष्ठकी दिदी रिता सिंहलाई भने पकाउसमेत नगरेपछि उनले आक्रोश पोखेका हुन्।
आज सामाजिक सञ्जालमा लेख्दै उनले भने, 'उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको काठमाडौं १ का चुनावी प्रतिस्पर्धी राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्न मिश्र ४३ दिनदेखि नाजायज रूपमा प्रहरी हिरासतमा हुनुहुन्छ, उता सिंहकी दिदी रिता सिंह वैद्यविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। बाल संगठनको जग्गा भाडामा अनियमिताको आरोपमा वैद्यलाई विशेष अदालतमा मुद्दा चलाइएको छ। तर वैद्यलाई पक्राउसम्म गरिएको छैन।’
मिश्र पक्राउ पर्ने तर मुद्दा लागेकी थापा भने फुक्कावाल भएर हिँड्ने भएपछि प्रवक्ता श्रेष्ठले आक्रोश व्यक्त गरेका हुन्। ‘फरार अभियुक्तका रूपमा उनीविरुद्ध मुद्दा चलाइएको हो, कतिसम्म भने उपप्रधानमन्त्री सिंहको दिदी भएकै कारण प्रहरीले उनलाई पक्राउ गर्न त कता हो कता बयानसम्म लिन बोलाएन, जबकी वैद्यमाथि लागेको आरोप झन् गम्भीर छ,’ उनले भने।
उनी थपे, ‘जगजाहेर छ, मिश्रमाथि सत्ता र व्यवस्थाद्वारा प्रतिशोध साँधिएकै हो, प्रतिशोधको राजनीतिले कोही कसैको हित गर्दैन। इमान भएको बलियो सरकार बनेको दिन यदि यस्तै प्रतिशोध राख्ने हो भने ०४६ पछिका र ०६३ पछिका कुन दलका कुन नेता चोखा रहलान्? कुन संस्थाका कुन अगुवा जोगिएलान्? न्याय सबैलाई बराबर होस्।’
उनले मिश्रलाई थुनेर मिश्रले बोकेको विचार थुन्न नसकिने भन्दै बिनासर्त रिहा गर्न माग समेत गरेका छन्।
प्रकाशित: २६ वैशाख २०८२ १२:४५ शुक्रबार



-600x400.jpg)

