राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले वर्तमान सरकार ढल्न नहुने बताएका छन्। बुधवार प्रतिनिधिसभा बैठकमा चलिरहेको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै श्रेष्ठले यस्तो बताएका हुन्।
‘यो सरकार ढल्नु हुँदैन भन्छु। म त यति पनि निवेदन गर्छु,’ श्रेष्ठले भने, ‘यो सरकार ढल्छ भने टेको दिन रास्वपा तयार छ। तर सरकार ढल्नु हुँदैन। किनभने यो पछि देशले के गति पाउने त?’ देशमा राष्ट्रिय विपत्ति जस्तो आएको बेला यस्तै दलहरू सँगै आएर सरकार चलाउनु पर्ने पनि उनले बताए।
तर सरकारले अपेक्षाकृत काम गर्न भने नसकेको श्रेष्ठले बताए। ‘आज के का लागि सँग आएको त? १० महिना भइसक्यो त्यो टियूको मैदान तीन सय दिनभित्र बन्छ भनेको हो कि होइन प्रधानमन्त्री ज्यूले?,’ श्रेष्ठले भने।
रास्वपा सरकारमा जाँदा ९० दिनमै लखेटिएको पनि उनले बताए। ‘त्यति बेला केही भएन मान्छौँ। तर अहिले पनि तीन सय दिन हुँदा खै बनेको ?,’ उनले प्रश्न गरे।
प्रकाशित: २४ वैशाख २०८२ १८:३६ बुधबार