उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको बताएका छन्।
शनिबार ललितपुरमा स्यस्यः समाज, यलको ११ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले अहिलेको सरकार २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए।
उनले भएका कमी, कमजोरीलाई सुधार गरेर संविधानको मर्म र भावनाअनुरुप हरेकको जीवन र जीविकोपार्जन सहज बनाउने गरी अघि बढिरहेको जिकिर गरे।
प्रकाशित: २० वैशाख २०८२ १०:५६ शनिबार





