१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

कोशीमा पानीजहाज, हनुमाननगरमा पोर्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदिमा पानी जहाज चलाउन सरकारले तीव्र रुपमा काम अघि बढाउने बताएका छन् ।

कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले भारतको कलकत्ता देखि नेपालको कोशी ब्यारेजसम्म पानीजहाज सञ्चालनका लागि काम अघि बढाउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कलकत्ता देखि कोसी ब्यारेजसम्म पानीजहाज चलाउन सम्भाव्यता अध्ययन भइसकेको दाबी गरे। उनले सप्तरीको हनुमान नगरमा पानीजहाजको बन्दर्गाह बनाउने पनि बताए ।

‘कलकत्ता देखि कोशी ब्यारेजसम्म पानीजहाज चलाउने र सप्तरीको हनुमाननगरमा पोर्ट बनाउँदै छौँ’ ओलीले भने,‘पानीजहाज चल्न थालेपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन पुर्‍याउन कति सजिलो हुन्छ । तपाईँहरू आफै बुझिहाल्नुहुन्छ ।’ ओलीले कोशी मात्रै नभई गण्डकी र कर्णालीमा पनि पानीजहाज सञ्चालन गर्न सकिने अवस्था रहेको ओलीले बताए ।  

प्रकाशित: १८ वैशाख २०८२ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App