नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा रहेका नेपालीलाई आफ्नो ज्ञान, सिप र पुँजीलाई स्वदेशमा प्रयोग गरेर देशको आर्थिक, सामाजिक विकासमा योगदान पुर्याउन आग्रह गरेका छन्। बिहीबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेपाली जनसम्पर्क समिति समन्वय विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।
‘तपाईँहरूले विदेशमा हासिल गरेको ज्ञान, सिप र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक र सामाजिक विकास गर्न यहाँहरूलाई आग्रह गर्दछु,’ सभापति देउवाले भने, ‘त्यसका लागि के कस्ता नीतिगत परिवर्तन गर्नुपर्दछ? हामीले निर्धक्क भन्नुहोस् हामी राष्ट्रिय सहमति बनाएर कार्यान्वयन गर्नेछौँ।’
सभापति देउवाले विदेशमा रहेका नेपाली र नेपालमै रहेका नेपालीबिच समान राजनीति अधिकारको लागि कांग्रेस प्रयासरत रहेका बताए।
सभापति देउवाले विश्वको जुनसुकै कुनामा भए पनि नेपालप्रति सम्मान र आभार प्रकट गरिदिन पनि आग्रह गरे। ‘नेपालीहरू जहाँसुकै छन्, नेपालीहरू प्रति ती देशको सम्मान पनि रहेको मैले पाएको छु,’ सभापति देउवाले भने।
प्रकाशित: १८ वैशाख २०८२ १२:४५ बिहीबार





