४ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

अब एपबाटै रोजगारी खोज्न सकिने

सरकारले श्रमसंसार एप सञ्चालन ल्याएको छ। रोजगारदाता र रोजगारी खोजकर्तालाई सोझै जोड्नेगरी एप सञ्चालन ल्याइएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

यसले राइड सेयरिङ एपले जस्तै रोजगारदाता र रोजगारी खोजकर्तालाई जोड्ने उनले बताएका छन्।

'सार्वजनिक सवारी साधनको सेवा दिने र लिनेले जसरी अहिले राइड सेयरिङ एप सेवा प्रचलनमा ल्याएका छन्, त्यसैगरी अब सरकारले रोजगारदाता र रोजगारी खोजकर्तलाई प्रविधिमार्फत सोझै सम्पर्क गर्नेगरी shramsansar.com पोर्टलको आरम्भ गरेको छ,' प्रधानमन्त्री ओलीले फेसबूकमार्फत जानकारी गराएका छन्।

रोजगार विनिमय कार्यक्रमलाई तुरुन्तै नागरिक एपमा जोडिने पनि उनले बताएका छन्। 'एकातिर काम पाइएन भन्ने र अर्कोतिर कामदार पाइएन भन्ने दुबै समस्यालाई यसले समाधान गर्नेछ,' उनले भनेका छन्।

प्रकाशित: १८ वैशाख २०८२ १०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App