९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

'श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्छ'

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्ने बताएकी छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै उनले देशको सामाजिक, आर्थिक र भौतिक विकासमा श्रमिक वर्गको योगदान महत्त्वपूर्ण रहेको बताएकी छिन्।

“विदेशमा कार्यरत श्रमिकहरूको योगदान अर्थतन्त्रको मेरुदण्ड भए पनि उहाँहरू शोषण र जोखिममा हुनुहुन्छ। बेरोजगारी र युवाशक्ति विदेश पलायन चिन्ताको विषय बनेको छ भने महिला र घरेलु श्रमिकहरू अझै पनि उपेक्षित छन्”, उनले लेखेकी छिन्।

श्रमिक अधिकारको संरक्षण, श्रम कानुनको कार्यान्वयनका साथै मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्न सरकार, रोजगारदाता र ट्रेड युनियनहरूले समन्वयात्मक प्रयास गर्नुपर्ने पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन्।

प्रकाशित: १८ वैशाख २०८२ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App