३ असार २०८३ बुधबार
image/svg+xml
राजनीति

कोशी लगानी सम्मेलन आजबाट

कोशी प्रदेश सरकारको लगानी सम्मेलन बिहीबार (आज) बाट सुरु हुँदैछ। शुक्रबार (भोलि)सम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन्।

सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गरिँदैछ। तीमध्ये दुई दर्जन परियोजना अघि बढाउनका लागि सम्झौता हुने प्रदेश लगानी प्राधिकरणले जनाएको छ।

प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार सम्मेलनमा सोकेसिङ गरिने ७१ वटा योजनाको लागत एक खर्ब ७३ अर्ब ४९ करोड बराबर छ।

पर्यटन, कृषि, उद्योग, ऊर्जा, पूर्वाधार, आईटी, सेवालगायत आठवटा क्षेत्रका परियोजनाहरू सोकेसिङ गरिनेछ।

लगानी सम्मेलनमा नेपालको निजी क्षेत्रसँगै चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका लगानीकर्ता र गैरआवासीय नेपालीहरूको सहभागिता हुनेछ।

प्रकाशित: १८ वैशाख २०८२ ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App