१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्री भन्छन्- शिक्षकहरूले लोकतन्त्रमा आफ्ना कुरा कसरी राख्ने भन्नेबारे सडकबाटै सिकाउनुभयो

गृहमन्त्री रमेश लेखकले शिक्षकहरूलाई बधाई दिएका छन्। शिक्षक महासङ्घसँग ९ बुँदे सहमति भएपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शिक्षकहरूलाई बधाई भनेका हुन्। 

'शिक्षकहरूले कक्षा कोठामा मात्रै होइन, सडकमा पनि सिकाउनुभयो। लामै आन्दोलन गर्नुभयो। तर, छिसिक्क कसैलाई चोटपटक लागेन। हिंसात्मक भएन। अवाञ्चित गतिविधि भएन। लोकतन्त्रमा आफ्ना कुरा कसरी राख्ने भन्नेबारे सिकाउनुभयो,' उनले भने।

बुधबार (आज) मात्रै सरकार र शिक्षक महासङ्घबीच ९ बुँदे सहमति भएको छ।

उनले शिक्षकहरूलाई चाँडै कार्यस्थलमा फर्किन पनि आग्रह गरेका छन्।

प्रकाशित: १७ वैशाख २०८२ २१:०८ बुधबार

#ramesh lekhak