१६ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

ज्ञवाली भन्छन्- मलाई लाग्दैन कि विद्या भण्डारी पार्टी राजनीतिमा आउनुहुन्छ

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा आउने कुरामा आफूलाई विश्वास नलाग्ने बताएका छन्। 

बुधबार (आज) 'नागरिक फ्रन्टलाइन'मा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्।

'उहाँ (विद्या भण्डारी) का केही सक्रियता लोभलाग्दा छन्। उहाँले सामाजिक पुँजी निर्माण गर्नुभएको छ। समावेशीताका उहाँ च्याम्पियन हुनुहुन्छ। उहाँले लाइफ चेन्जको बारेमा, विकासशील देशहरूले गरिरहेको विकास र निर्माणका बारेमा र विकासका नयाँ मोडेलका बारेमा जुन ढङ्गले छलफल चलाउनुभयो, कुशल राष्ट्रपतिका रूपमा बिदा हुनुभयो, लैङ्गिक समानताका बारेमा अभियानहरू चलाइरहनुभएको छ। मलाई लाग्दैन कि उहाँ पार्टी राजनीतिमा, त्यो पनि अहिले बाहिर न्यारेटिभ निर्माण गरिएजसरी र कसैलाई विस्थापित नै गर्नेगरी आउनुहुन्न,' उनले भने। 

पूर्वराष्ट्रपति भण्डारी पुन: पार्टी राजनीतिमा फर्किने चर्चा लामै समययता छ। पछिल्लो समय मदन भण्डारी फाउन्डेसनद्वारा सक्रियता बढाएका उनी अहिले पनि कार्यकर्ताहरूको बीचमा पुगिरहेकी छन्।

प्रकाशित: १७ वैशाख २०८२ २०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App