जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिचको एकता घोषणा सभामा प्राविधिक समस्या देखिएको छ ।
राजधानीको कमलादीस्थित प्रज्ञा भवनको हल बुकिङमा कमजोरी हुँदा सहभागीहरूले प्रवेश नै नपाएका हुन्।
आयोजकले हल बुकिङको प्रक्रिया पूरा नगरी त्यहाँ पुग्दा सहभागीहरूका लागि हलको ढोका नै नखुलेको हो । यो समाचार तयार गर्दासम्म हल प्रवेश गर्ने ढोका नखुल्दा सहभागीहरू बाहिरै भएका छन् । प्रज्ञा स्रोतका अनुसार आयोजकले हल प्रयोग गर्ने भनेर मौखिक जानकारी गराए पनि भाडा तिर्ने लगायताका प्रक्रिया पूरा नगर्दा ढोका खुला नगरिएको हो ।











प्रकाशित: १७ वैशाख २०८२ १२:१४ बुधबार





