११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसले भन्यो: दैनिक सरकार परिवर्तनको हल्ला गरेर अस्थिरता मच्चाउने प्रयास हुँदैछ

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका नेता श्यामप्रसाद घिमिरेले सरकार परिवर्तनको हल्ला मच्चाएर अस्थिरताको प्रयास भइरहेको दाबी गरेका छन्। शुक्रबारबाट सुरु भएको संघीय संसदको बर्खे अधिवेशनको पहिलो दिन सम्बोधन गर्दै घिमिरेले यस्तो बताएका हुन्।

‘देशमा आज अशान्ति चच्चाउने तत्वले एउटा भाष्य सिर्जना गर्दैछ। हाम्रो सतर्कता आवश्यक छ,’ प्रमुख सचेतक घिमिरेले भने, ‘दैनिक सरकार परिवर्तन हल्ला चलाइ मुलुकमा अस्थिरता मच्चाउने प्रयास हुँदैछ।’

विभिन्न वाद र वादीका नाउमा देशमा अशान्ति मच्चाइ धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको पनि उनले बताए।

प्रकाशित: १२ वैशाख २०८२ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App