१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

सिकेको दुखेसो: कहिलेकाहीँ बेकारमा राजनीतिमा आइयो भन्ने लाग्छ

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पछिल्लो समय आफूलाई राजनीतिमा वितृष्णा पनि लाग्ने गरेको सुनाएका छन्। बुधवार नागरिक फ्रन्टलाइनमा बोल्दै उनले यस्तो बताएका हुन्।

नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले ‘कहिलेकाहीँ बेकारमै राजनीतिमा आइयो जस्तो लाग्दैन?’ भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘एकदमै हुन्छ। खास गरी पार्टीगत राजनीतिमा आएपछि अझ बढी हुन्छ।’ 

पहिलो भने त्यसो नहुने गरेको उनले सुनाए। ‘पहिला चाहिँ हुँदैनथ्यो।  तर, अहिले आएर यस्तो हुन थाल्यो भने आरोपै आरोप लाग्न थाल्यो। यतिसम्म लाग्न थाल्यो कि किन आरोप झेल्ने ?,’ राउतले भने,‘कोही भन्दिन्छन्, १५ लाख लिएर फलानोलाई सांसद बनायो, हामीले पारदर्शी गरेका छौँ। मैले हातै हालेको छैन। दिए पनि पार्टीको लेबी दियो होला।’ यस्तोमा मैले किन यस्तो आरोप झेलिरहेको छु भन्ने लाग्ने गरेको उनले बताए।  

त्यो पनि काठमाडौं आउँदा बढी लाग्ने बताए। तर गाउँमा देखिने दृश्यले भने त्यो मेटाउने गरेको पनि उनले सुनाए। 

प्रकाशित: १० वैशाख २०८२ १९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App