राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले सभापति रवि लामिछानेलाई ‘निलो क्रान्तिको सर्वोच्च कमान्डर’ भनेकी छन्। रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबिच बृहत् एकता भएपछि उनले यस्तो बताएकी हुन्। यसअघि उनले ‘अबको आशा रास्वपा’ भनेकी थिइन्।
सहमतिमा लामिछाने र शाहले हस्ताक्षर गरेका छन्। सहमतिमा नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने तथा घाइते र सहिद परिवारका माग यथोचित सम्बोधन गर्ने उल्लेख छ।
यो पनि पढ्नुहोस्
माघको पहिलो साता राजीनामा दिँदै मेयर बालेन
साथै, पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने सहमति भएको छ।
एकतापछि बन्ने राजनीतिक दल, चुनाव चिह्न र पार्टी कार्यालयको नाम राष्ट्रिय स्वतन्त्र पार्टीकै हुने र संगठनात्मक संरचनामा युवालाई सहभागी गराउनेलगायतका विषय पनि समावेश छन्।
प्रकाशित: १३ पुस २०८२ १२:०९ आइतबार





