१५ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

नवराज सुवेदीमाथिको नजरबन्द हट्यो

‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीमाथिको नजरबन्द हटेको छ।

चैत १५ गते तीनकुनेमा राजावादी समूहको प्रदर्शन हिंसात्मक भएपछि उनी घरमै नजरबन्दमा परेका थिए।

सुवेदीले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रहरीको निगरानी आजदेखि हटेको र आफू समितिको नियमित काममा फर्किएको उल्लेख गरेका छन्।

“चैत १५ देखि म चौबीसै घण्टा प्रहरी निगरानीमा थिएँ। आजबाट यो निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको कार्यमा फर्किएको छु,” उनले भने।

नजरबन्दका बीच आफूप्रति सद्भाव र सहानुभूति व्यक्त गर्ने सबैलाई सुवेदीले आभार प्रकट गरेका छन्।

प्रकाशित: ९ वैशाख २०८२ १५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App