१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

सरकारले गोष्ठी, पत्रकार सम्मेलन, जनप्रदर्शनमा प्रतिबन्ध लगाउन थालेको जगमानको दाबी

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले सरकारले गोष्ठी, पत्रकार सम्मेलन, जनप्रदर्शनलगायत कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन थालेको दाबी गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै गुरुङले यस्तो दाबी गरेका गरेका हुन्। उनले संविधान प्रदत्त प्रजातान्त्रिक हक अधिकार, मानव अधिकारको बर्खिलाफ गर्दै सरकारले शान्तिपूर्ण भेला जम्मा भइ आयोजना गरिने गोष्ठी, पत्रकार सम्मेलन, जनप्रदर्शन लगायत कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन थालेकोमा यस संयुक्त जनआन्दोलन समितिको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

नागरिकको संविधान प्रदत्त नैसर्गिक अधिकार हनन गर्ने सरकारको निरंकुश कार्य निन्दनीय भएको जिकिर गर्दै उनले यस्ता असंवैधानिक कार्यहरू तत्काल रोक्न सरकारलाई चेतावनी समेत दिएका छन्।

यसै सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय संघसंस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय संचार जगत तथा व्यक्तित्वहरूसँग आवाज उठाइ दिनका लागि आह्वान समेत उनले गरे।

प्रकाशित: ८ वैशाख २०८२ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App