१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

हामी हुँदा शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थीले पुस्तक पाउँथे, दुईतिहाइको सरकारले सत्र पनि सुरु गरेन : रास्वपा सांसद डाँगी

रास्वपा सांसद निशा डाँगीले सरकारको लापरबाहीले शिक्षा प्रणाली अराजक बनेको बताएकी छन्। 

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘समितिमा विधेयक अलपत्र छन्, सडकमा शिक्षकहरू अन्योलमा छन्। कक्षा १२ को परीक्षा समयमा हुन्छ कि हुन्न, निश्चित छैन। एसईईको नतिजा समयमा आउँछ कि आउँदैन, थाहा छैन। विद्यालयमा न शिक्षक छन्, न कक्षामा विद्यार्थी।’

डाँगीले रास्वपाले दुईपटक शिक्षा मन्त्रालय सम्हाल्दा शैक्षिक सत्र सुरु हुनुअघि सबै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन पहल गरेको स्मरण गरिन्। तर, अहिलेको दुईतिहाइको सरकारले शैक्षिक सत्रसमेत सुरु गर्न नसकेको उनको आरोप छ।  

‘दुईतिहाइको सरकारको अक्षमताले शिक्षा प्रणालीलाई अराजक बनाएको छ,’ उनले लेखेकी छन्, ‘यसपटक सरकारको अक्षमता स्पष्ट देखिएको छ।’

प्रकाशित: ८ वैशाख २०८२ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App