१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

राप्रपा बैठक जारी, लिङ्देनको कुर्सी खाली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक जारी छ।

पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन भने सहभागी छैनन्।

आइतबार (आज) काठमाडौंमा आयोजित निषेधित क्षेत्र तोड्ने प्रदर्शनमा सहभागी हुने क्रममा सिंहदरबारबाटै पक्राउ परेका लिङ्देन अहिले काठमाडौं प्रहरी परिसर भद्रकालीमा छन्। त्यसैले उनी बैठकमा सहभागी छैनन्।

अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, नेता ज्ञानेन्द्र शाहीलगायतका नेताहरू पनि पक्राउ परेका छन्। उनीहरू सबै भद्रकालीमा छन्।

उनीहरू पक्राउ परेपछि राप्रपाले आकस्मिक बैठक बोलाएको हो। राप्रपाले साँझसम्म नेताहरू रिहाइ हुनुपर्ने अडान राखेको छ। यदि रिहा नभए देशभर राँके जुलुस निकाल्ने प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

प्रकाशित: ७ वैशाख २०८२ १७:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App