११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस नेता भन्छन्: पञ्चायतकालीन प्रेत आत्मा सलबलाउन थाले, हामी जिम्मेवार हुनुपर्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकमा राजनीतिक तरलताको अवस्था रहेको भन्दै सबै जिम्मेवार हुनुपर्ने बताएका छन्।  कांग्रेस खैरहनी नगर समितिले नयाँ वर्षको अवसरमा शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महरले यस्तो बताएका हुन्। 

‘पञ्चायतका प्रेतआत्माहरु सलबलाउन थालेका छन्। ती लोकतन्त्रको खिलाफमा छन्,’ नेता महरले भने,‘उनीहरूलाई परास्त गर्नका लागि राजनीतिक दलका नेता कार्यकर्ताका चरित्र सुधार हुन जरुरी छ। अनि मात्र उनीहरू परास्त हुन सक्छन्।’ 

कांग्रेस शिक्षा विभाग प्रमुख समेत रहेका नेता महरले २० चैतदेखि चलिरहेको शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलनबारे सरकार गम्भीर हुनुपर्ने बताए।े शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित हुनुका साथै कक्षा १२ को परीक्षा तोकिएको समयमा हुने नहुने अन्यौंलता थपिएको तर्फ सरकार गम्भीर हुन नसक्नु चिन्ताको विषय भएको उनले बताए। 

प्रकाशित: ६ वैशाख २०८२ १८:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App