१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

'१२ गते संसद् अधिवेशन आह्वान भएको विषयलाई शिक्षक आन्दोलनसँग जोडेर प्रचार गर्नु झुट बोल्नु हो'

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद राजन दाहालले १२ गते संसद्को वर्षे अधिवेशन आह्वान भएको  विषयलाई शिक्षक आन्दोलनसँग जोडेर प्रचार गर्नु झुट बोल्नु भएको बताएका छन्।

'१२ गते संसद्को वर्षे अधिवेशन आह्वान भएको  विषयलाई शिक्षक आन्दोलनसँग जोडेर प्रचार गर्नु झुट बोल्नु हो,' सांसद दाहालले शुक्रबार (आज) फेसबूकमा लेखेका छन्।

उनी अगाडि लेख्छन्, 'जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था र बजेट आउनुभन्दा एक महिना पहिले नै बजेटको सिद्धान्त र प्राथमिकता सम्मानित सदनमा पेस गर्नुपर्ने आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व ऐनमा भएको बाध्यकारी प्रावधान भएअनुरूप बैशाख १२ गते संसद्को वर्षे अधिवेशन आह्वान भएको विषयलाई शिक्षक आन्दोलनसँग जोडेर प्रचार गर्नु झुट बोल्नु हो।'

सरकारले १२ गतेका लागि संसद् आह्वान गरेको छ। उसले संसद् अधिवेशन शिक्षकहरूको माग सम्बोधन गर्नका लागि पनि १२ गते बोलाइएको बताएको छ। सांसद दाहालले यसको काउन्टरमा यो अभिव्यक्ति दिएका हुन्।

प्रकाशित: ५ वैशाख २०८२ २१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App