१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

वामदेव भन्छन्- छुट्टै पार्टी सञ्चालन गर्ने रहर छैन

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले छुट्टै पार्टी सञ्चालन गर्ने रहर नभएको बताएका छन्। 'म अहिले पनि भन्छु, छुट्टै पार्टी सञ्चालन गर्ने कुनै रहर छैन,' शुक्रबार (आज) गौतमले नागरिकसँग भने।

तर, तत्कालीन नेकपाबाट बनेका पार्टीहरूले आफूलाई नपत्याइरहेको उनले बताए। 'नेकपा फुट्यो, त्यसबेला मिलाउने भनेर कहीँ लागिएन। पछि एकता महाअभियान बनाइयो र लागियो। तर, पार लागेन। त्यसबाट पार्टीहरू बनेका छन्, पुनर्एकता गरौँ भन्दा उनीहरूले पत्याउँदैनन्,' उनले भने।

गौतमले यसबीचमा एमाले र एकीकृत समाजवादीसँग एकताका लागि भरमग्दुर प्रयास गरेका थिए। एकीकृत समाजवादीसँग एकताका लागि अन्तिम प्रक्रिया चल्दै थियो। तर, उनी त्यो प्रक्रियालाई छाडेर एमालेतिर लागे। 

त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि तयार रहनसमेत भनेका थिए। तर, त्यसपछि ओलीले अहिलेसम्म केही भनेका छैनन्। गौतम पछि आएर पछुताए।

तर, अहिले फेरि एकीकृत समाजवादीसँग नै छलफल भइरहेको उनले बताएका छन्। 'फेरि एकीकृत समाजवादीसँगै एकताका लागि छलफल भइरहेको छ,' उनले भने, 'आवश्यक भए म र माधव नेपालजी छलफलमा बस्न तयार छौँ।'

यद्यपि, एकीकृत समाजवादी भने गौतमका प्रति त्यति सकारात्मक छैन। किन पनि भने यसअघि उनले अन्तिम चरणमा पुगिसकेको प्रक्रियालाई छाडेर हिँडेका थिए। यसपछि एकीकृत समाजवादीले बिना सर्त गौतमको अभियानसँग एकता नगर्ने अडान लिएको थियो।

प्रकाशित: ५ वैशाख २०८२ १५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App