२२ कार्तिक २०८३ आइतबार
image/svg+xml

न्युजिल्यान्डको चुनावमा कसैको बहुमत नआउँदा सात सिट जितेको नयाँ दल निर्णायक

प्रारम्भिक मतपरिणाममा दक्षिणपन्थी गठबन्धनले झिनो बहुमत पाए पनि अन्तिम नतिजा आउन बाँकी रहेकाले नयाँ सरकार कसले बनाउने भन्ने टुंगो लाग्न अझै केही साता लाग्ने भएको छ।

जनार्दनले भने- मैले देशलाई वर्षौं लामो अन्धकारबाट मुक्त गरेँ

मन्त्री पदको शपथ लिँदै गर्दा आफूले देशलाई लोडसेडिङमुक्त बनाउने भित्री संकल्प लिएको उनले सम्झिएका छन्।

लक्ष्मीपूजामा १८१३ मेगावाट बिजुली खपत: देश झिलिमिली पारेर ५८७ मेगावाट भारत निर्यात

यस वर्षको लक्ष्मीपूजाका दिन देशभर विद्युत्‌को पिक डिमान्ड एक हजार ८१३ मेगावाट पुगेको छ।

अरूले बाँझो छाडेको जग्गामा ढकमक्क सयपत्री, लक्ष्मीले भित्र्याइन् वार्षिक ४ लाख

बसाइँसराइका कारण गाउँका खेतबारी बाँझिइरहँदा गुल्मीकी एक महिलाले भने त्यही बाँझो जमिनमा व्यावसायिक फूलखेती गरेर मनग्य आम्दानी गरिरहेकी छन्।

गण्डीगाडमा नयाँ पुल बनेन, भएको पनि रहेन

अछाम र डोटी जिल्लाको सिमानास्थित गण्डीगाडमा सम्झौता भएको १६ महिना बितिसक्दा पनि मोटरेबल पुल निर्माणको काम अघि बढ्न सकेको छैन। पुल निर्माणका क्रममा डोजरले ढुङ्गा खसालेर पुरानो झोलुङ्गे पुलसमेत क्षतिग्रस्त बनाइदिएपछि स्थानीय बासिन्दा ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन्।

चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले चुनावपछि ठुलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्।

धुलिखेलको सुन्डीखोलामा बन्यो पौने २ करोडको पक्की पुल

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-१० स्थित सुन्डीखोलामा १ करोड ७९ लाख रुपैयाँको लागतमा पक्की पुल निर्माण सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालय धुलिखेलमार्फत निर्माण गरिएको यो पुल १७ महिनामै सम्पन्न भएको हो।

स्याउले बदलिदियो फुङ्ग्रको दैनिकी: न बजारको चिन्ता, न भारी बोक्ने झन्झट

कुनै समय गाउँमा फलेको स्याउ बजार पुर्‍याउन किसानले दिनभर भारी बोकेर हिँड्नुपर्थ्यो। तर अहिले जुम्लाको सिंजा गाउँपालिका–५ फुङ्ग्रका किसानको घरआँगनमै व्यापारीहरू ट्रक लिएर पुग्छन्। स्याउले यहाँको भूगोलसँगै किसानको जीवनस्तर र गाउँको अर्थतन्त्र नै कायापलट गरिदिएको छ।

होर्मुजमा फेरि तनाव : तीन तेल ट्यांकरमा क्षति पुगेको इरानको दाबी

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अनुमति बिना जलमार्ग पार गर्न खोजेका जहाजमा यस्तो घटना भएको दाबी गरेको हो।

त्रियुगा गोल्डकपको उपाधि भारतको जर्जियन एफसीले जित्यो

कात्तिक १४ गते सुरु भएर शनिबार सम्पन्न फाइनलमा शून्यका विरुद्ध १ गोलले सातदोबाटो युथ क्लब ललितपुरलाई पराजित गर्दै जर्जियन एफसी उपाधि चुम्न सफल भएको हो।

सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदी हुन्। कारागारबाट फरार भएपछि उनीहरू विभिन्न स्थानमा लुक्दै आएको प्रहरीको भनाइ छ।

अमेरिकामा हिन्दु समुदायलक्षित ‘देश निकाला गर’ भन्दै प्रदर्शन भएपछि विवाद

दक्षिणपन्थी कार्यकर्ता जेक ल्याङ र थोमस एलेनले दीपावली कार्यक्रममा पुगेर ‘टीका लगाउने सबैलाई देश निकाला गर’ र ‘इसाईहरूको हिन्दु प्रतिस्थापन रोक’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

नौ कक्षाको परीक्षामा राम्रो अंक ल्याएपछि बुवाले दिए साढे तीन करोडको कार उपहार

अहिले गलसी क्षेत्रमा उनका तीन वटा चामल मिल छन्। उनको व्यवसाय पश्चिम बंगालमा मात्र सीमित छैन। उनले भियतनाम, मलेसिया, सिंगापुर र दुबईलगायत देशमा समेत चामल निर्यात गर्दै आएका छन्।

लक्ष्मी पूजामा फूलको व्यापक व्यापार, तिहारभर साढे ६४ करोडको कारोबार आकलन

यमपञ्चकको तेस्रो दिन आइतबार लक्ष्मी पूजाका अवसरमा काठमाडौं उपत्यकामा सयपत्री तथा मखमली फूलको कारोबार व्यापक रूपमा बढेको छ।

कलङ्कीबाट राइफलको गो*लीसहित एक पक्राउ

काठमाडौंको कलङ्की चोकबाट प्रहरीले थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्