परराष्ट्रमन्त्रीसमेत रहेको नेपाली कांग्रेस नेता डा. आरजू राणा देउवाले पार्टीका नेताहरूले मिडिया कभरेज पाउनका लागि पार्टीविरुद्ध बोल्ने गरेको बताएकी छन्।
सोमबार (आज) इलामको श्रीअन्तुमा जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
‘आफूले मिडियामा ‘कभरेज’ पाउनकै लागि कतिपय नेता एवम् पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ। यसले कुनै व्यक्ति ‘मिडिया’मा भाइरल त होला। तर, त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो,' उनले भनिन्।
उनले चित्त नबुझेको विषयबारे पार्टीभित्रै छलफल गर्न सकिने पनि बताइन्। तर, बाहिर सार्वजनिक रूपमा बोलेर समस्याको समाधान नहुने उनले बताएकी छन्।
प्रकाशित: १ वैशाख २०८२ १७:३१ सोमबार