राष्ट्रिय जनमोर्चाले आव्हान गरेको सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलनको समापन कार्यक्रमको स्थल परिवर्तन गरेको छ। आज एक विज्ञप्ति जारी गर्दै जनमोर्चाले समापन कार्यक्रमको स्थल परिवर्तन भएको जनाएको हो।
उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलका अनुसार आज दिउँसो १२ बजे रत्नपार्कस्थित शान्तिबाटीकामा सभासहित राजधानी केन्द्रित आन्दोलनको समापन गर्ने कार्यक्रम रहेको थियो। तर आज दिनभर मौसम बदलिरहने मौसम विभागको पूर्वअनुमान र बिहानदेखि नै पानी पार्न थालेको कारण सभास्थललाई परिवर्तन गरिएको छ।
परिवर्तित स्थलअनुसार दिउँसो १२ बजे सभासहित कपनस्थित साफ्रेढुंगाको सुकुन्दा पार्टी प्यालेसमा समापनको कार्यक्रम हुने प्रवक्ता पौडेलले जानकारी दिए। उक्त समापन सभालाई राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने छन्।
गणतन्त्रको रक्षा र संघीयताको खारेजीका लागि राष्ट्रिय जनमोर्चाले यही चैत २४ देखि ३० गतेसम्म आव्हान गरेको थियो। सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलनको आज अन्तिम दिन हो।
प्रकाशित: २८ चैत्र २०८१ ०९:०५ बिहीबार





