वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रूपमा छलफल सुरु गरेको छ।
आज सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुन्डुस्थित निवासमा छलफल गरेका छन्।
यसअघि खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको महाराजगञ्जस्थित निवासमा छलफल गरिसकेका छन्।
मन्त्री खरेलको सचिवालयका अनुसार आजै उनले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गर्ने कार्यक्रम छ।
प्रकाशित: ११ पुस २०८२ १२:१४ शुक्रबार





