१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

शिक्षक आन्दोलनबारे सरकारका प्रवक्ता- 'खाए खा, नखाए घिच्' भइरहेको छ

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षकहरूले विद्यालय शिक्षाको गुणस्तरबारे केही माग नगरेको बताएका छन्।

बुधबार (आज) 'नागरिक फ्रन्टलाइन'मा बोल्दै गुरुङले यस्तो बताएका हुन्। 'खाली आफ्नो मात्रै कुरा गरेर भएन नि,' उनले भने।

शिक्षकहरूको पेशागत मर्यादासँग जोडिएको विषयमा सरकार सतर्क रहेको उल्लेख गर्दै उनले भने, 'उहाँहरूले उठाउनुभएको कुरामा मेरो सहमति छ। तर, जे दायित्व हो, त्यो पनि पूरा गर्नुपर्ने होला नि त। शिक्षक आन्दोलनले विद्यालय शिक्षा गुणस्तरीय हनुपर्‍यो, इन्टरनेश्नल स्ट्यान्डर्टको हुनुपर्‍यो भनेर त खै कहीँ माग गरेको देखिएन।'

उनले सरकारले वार्तामा बोलाउँदा पनि शिक्षकहरू नआएको बताए। 'सरकारले वार्तामा बोलाएको छ तर, आउनुहुन्न। ऐन पास गर अनि आउँछौँ भन्नुहुन्छ। उहाँहरूले खाए खा, नखाए घिच् जस्तो गर्नुभएको छ,' उनले भने।

शिक्षकहरूले 'हलो पनि अड्काउने, गोरु पनि पड्काउने' गरेको उनले टिप्पणी गरे। 'अध्यादेशबाटै भए पनि समस्याको समाधान गरौँला तर, वार्ता त गर्नुपर्‍यो नि,' उनले भने।

प्रकाशित: २७ चैत्र २०८१ १९:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App