२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

संविधान संशोधन पेन्डोराको बाकस खोलेजस्तो हल्ला हाेइन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा संविधान संशोधन हुने बताएका छन् । मंगलबार मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले संविधान संशोधन पेन्डोराको बाकस खोलेजस्तो  हल्ला गरेर नहुने बताएका हुन्।

संविधान  संशोधनका   लागि  गृहकार्य  चल्दै छ  उनले  भने,‘ समिति नै बनाएर  संविधानमा कहाँकहाँ  केके  संशोधन गर्ने  विषय टुङ्ग्याउँछौँ । आवश्यक  परे  अरु  पक्षहरूसँग  पनि  छलफल  गर्छौं।’  संविधान  संशोधनको  नाममा विभिन्न  तत्त्वहरूलाई  खेल्ने  मौका चाहिँ  दिँदैनौँ  उनले  भने,‘ दुई पटक संविधान संशोधन  भैसकेको  छ । फेरी पनि हुन्छ।’

पहिलो  पटक  संविधान संशोधन  हुँदा  चार जनाले विरोध  जनाए दोस्रो पटक स‌ंसदबाट  सर्वसम्मत पारित भएको स्मरण गराउँदै उनले भने,‘ ढुक्क हुनुस्, संविधान  संशोधन  उपयुक्त  समयमा  जरुर हुन्छ ।’ यो सरकार ढल्दै छ भनेर  हल्ला  फिजाइएको  उनले बताए। उनले भने,‘ यो सरकार निश्चित उद्देश्यका साथ निमार्ण भएको छ । ढल्ने त के हल्लिने वाला पनि छैन।’

छिमेकी मुलुकसँग सम्बन्ध बिग्रियो यो भयो त्यो भनेर हल्ला चलाइएको छ उनले भने,‘ दुई छिमेकी मुलुकसँग हाम्रो कसिलो र प्रगाढ सम्बन्ध छ । हामी यो सम्बन्धलाई अझ  मजबुत दिने गरी  अघि बढेका  छौँ ।’

प्रकाशित: २६ चैत्र २०८१ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App